
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ ।
आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् । मुख्यमन्त्री गुरुङको भनाईले नेपाली नारीको अपमान भएको उनले बताइन् ।
‘महिला हिंशा रोक्न नसक्ने रेडलाइटको कुरा गर्ने,’ उनले भनिन्, ‘उहाँको भनाईले महिला अस्मिता माथी प्रहार भएको छ ।’ कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसकेको भन्दै पीडितलाई न्याय दिन उनले न्याय माग गरिन् ।
‘निर्मलाको हत्यारा पत्ता नलाग्दै फेरी दुई जनाको बलात्कार भएको छ’, उनले भनिन्, ‘आठ महिनाका शिसुको हत्यारा पत्ता लाग्न सकेको छैन । यी घटनामा दोषि समात्न नसक्नुको कारण के हो ?’ साथै उनले नेपालको सिआइवी विदेशमा सम्मानित हुने तर यहाँ किन दोषी पत्ता लाग्न सकेको छैन ? भन्दै आक्रोश पोखेकी छन् ।
केही दिन अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’ खोलेर परिचयपत्र दिनु पर्ने बताएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्