
काठमाडौं – देशमा हत्या हिंसा र बलात्कारको चपेटामा परेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लज्जास्पद महिला हिंसा र बलात्कारका घटना बढ्नु सरकारका विरुद्ध षड्यन्त्र हुनसक्ने बताएका छन् ।
नेता लेखनाथ न्यौपानेद्धार लिखित ‘संघर्षको इतिहास’ को बिहीबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेपछि राजनीतिक विश्लेषक र पिडितहरुले प्रचण्डले लाजमर्दो अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
महिला हिंसा, कालोबजारी लगायत सामाजिक विकृति र विसंगति दिनदिनै बढेको भन्दै उनले सरकारलाई कमजोर पार्न यस्ता घटना नियोजित रूपले घटाईएको हुन सक्ने अभिव्यक्ति दिएका थिए।
अपराध नियन्त्रण गर्न सरकार असफल बनिरहेको बेला प्रचण्डले घटना घट्नुमा प्रतिपक्षीको हात हुनसक्नेतर्फ इंगित गरेपछि जताततै उनको आलोचन सुरु भएको छ । भने पिडित परिवारहरु आक्रोशित बनेका छन् ।
ओली-प्रचण्डको नेतृत्वमा २ तिहाइ सरकार बनेपछि देशमा ब्यकाप हत्याहिंसा बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्