
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तका आमाबाबुले निर्मलाको वास्तविक हत्यारालाई नखोजिएसम्म आफूहरु काठमाडौँबाट नफर्किने बताएका छन् । बिहिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनीहरुले न्याय नपाउसम्म कञ्चनपुर नफर्किने दाबी गरेका हुन् ।
साक्षात्कारमा बोल्दैैँ निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्यासम्बन्धी अनुसन्धानमा प्रहरीले सुरूदेखि नै लापरबाही गरेको आरोप लगाएकी छिन् । छोरी हराएको सूचना दिएलगत्तै खोजीमा चासो नदिइएको, प्रमाणहरू नष्ट गरिएका र अनुसन्धानको दायरामा ल्याउनुपर्ने व्यक्तिलाई नल्याइएको उनको दाबी छ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रशासनका उच्च आहोदाका व्यक्ती राजधानीमै बस्ने भएकाले आफूहरु न्याय माग्न राजधानी आएको दुर्गादेवीले बताईन् । “नेपालमा महिला राष्ट्रपति हुनुहुन्छ, यदि उहाँको छोरीलाई पनि निर्मला जस्तै गरिएको भए उहाँले के गर्नुहुन्थ्यो ?, उनले भनिन्, निर्मला मेरी छोरी मात्रै नभएर सारा नेपालकी छोरी हो ।, हामी न्याय माग्न आएका छौँ, सरकारले न्याय दिनेमा आशावादी छौ ।”
निर्मलाका बुवा यज्ञराज पन्त साक्षात्कारमा बोल्दाबोल्दैँ भक्कानिएर रोए । सरकार र प्रहरी प्रशासनबाट आफूहरुमाथि अन्याय गरिएको र न्यायको खोजीमा आफूहरु काठमाडौँ आएको बताए । उनले गत साउन ९ गते (निर्मला हराएको दिन) देखिको घटनाको बृतान्त सुनाएका छन् । आफूहरुले मुख्य शंका गरेको घरका बम दिदीबहिनीलाई नै रिहा गरिएपछि आफ्नी छोरीले न्याय पाउनेमा आशंका उब्जेको र प्रहरी अनुसन्धानमा समेत आशंका पैदा भएको बताए ।
छानविन समितिका सदस्य विरेन्द्र केसीको राजनीमा फिर्ताले पनि आंशका पैदा गरेको उनको भनाई थियो । निर्मलाका आमाबुवा सहित कञ्चनपुरका महिला अधिकारकर्मीहरु उनीहरुसँगै काठमाडौँमा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्