- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले ८.०३६% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजी ५० अरब ८५ करोड १० लाखको ३% बोनस र ५.०३६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले बोनस वितरणमा १ करोड ५२ लाख ५५ हजार ३०० रुपैयाँ र नगद लाभांशमा २ करोड ५६ लाख १० हजार ५८३ रुपैयाँ खर्च गर्नेछ । यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।