×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताको पीडा : सेयर बजार लगातार ओरालो लागेपछि, ऋण थेग्न नसकेर आफ्नै कारभित्र आत्महत्या !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मकवानपुरका एक युवा काठमाडाैँको स्वयम्भूमा अाफ्नै कारभित्र मृत फेला परेका छन् । मकवानपुरको मार्खु–७ घर भइ नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठ आफ्नै गाडीभित्र मृत फेला परेका हुन् । लास कुहिएकोजस्तो गन्ध अाएपछि केही दिन देखि रोकिइरहेको कारमा प्रहरीले टर्च बालेर हेर्दा श्रेष्ठको शब फेला पारेको थियो । श्रेष्ठले सेयर कारोबारबाट सानै उमेरमा राम्राे पैसा कमाएका थिए भने पछिल्लो समय उनी ऋणमा डुबेका थिए । 
उनले धेरै मान्छेसँग ऋण समेत लिएर सेयर कारोबार गरेको खुलेको छ । सेयर बजारमा अाएको निरन्तरको गिरावट र ऋणका कारण उनले अात्महत्या नै गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी पोष्टमार्टम रिपोर्ट नअाइ केही भन्न नसकिने एसएसपी धिरजप्रताव सिंह जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: