
काठमाडौँ – २० वर्ष अघि स्थापित कम्पनी – शिखर शु हालसम्म आइ पुग्दा एक परिचित एवम् लोकप्रिय ब्राण्डको रुपमा स्थापित भैसकेको छ । हालसम्म आइ पुग्दा शिखर शु कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा प्रमुख बजार हिस्सा ओगटेको छ ।
कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजना ल्याउने गरेको कुरा सबैलाई अवगत नै छ । यसै क्रममा कम्पनीले आजदेखि काठमाण्डौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरि ‘बडा शेल’नामक अफर ल्यायको छ । यस अफर अन्तर्गत ग्राहकहरुले पनि ५०% भन्दापनि बढि छुट प्राप्त गर्न सक्ने छन, यो अफर हालको लागि उपत्यका भित्रका ९ शो रुमहरुमा उपलब्ध रहने छ । जस अन्तर्गत मनकामना शुज, न्युरोड, शिखर शुज सेन्टर, खिचा पोखरी, शिखर शुज सेन्टर, बानेश्वर, किर्तिपुर शुज सेन्टर, किर्तिपुर, बौद्धशुज सेन्टर बौद्ध, पाटन सुज सेन्टर, पाटन, लिवास इण्टरप्राइजेज, नयाँ बसपार्क, कोसेली शुज हाउस, भोटाहिटि र त्रिबेणी शुज सेन्टर भोटाहिटिमा उपलब्ध रहने छ । ग्राहकको मागलाई ध्यानमा राखी थप अरु शो रुमहरुमा पनि बिस्तार गरिने कुरा कम्पनीले जनाएको छ। लेडिज तथा जेन्स स्यान्डल, पार्टि शु, कलेज/ स्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस् शुहरुमा यो अफर उपलब्ध छ।
कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष गरी बढी भन्दा बढी व्यक्तिलाइ रोजगारी दिदै आएको छ । ग्राहकको हितलाई ध्यानमा राखीकम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्