
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ज्योति बिकास बैंक र सांग्रीला डेभलोपमेन्ट बैंक दुबैमा सीइओ हुने अन्तिम तयारी भएपछि पनि भाग्यले साथ नदिएका श्रीचन्द्र भट्ट बैंकको सीइओ हुन केहि सीप नलागेपछि अन्तत: इन्स्योरेन्स कम्पनीमा सीइओ भएर गएका छन् । आइएमइ लाइफले ‘जो भएपनि हुन्छ’ खालको सीइओ खोजीरहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक छाडेर मेगा बैंक गएका उनी मेगा बैंकमा पनि धेरै टिक्न सकेनन् । मेगा बैंकमा उनको काम सन्तोषजनक नभएपछि उनीको करियर बैंकमा ब्रेक लागेजस्तै भयो । त्यसपछि उनले ज्योति बिकास बैंकको सीइओ हुन पनि खुब प्रयास गरेका थिए । तर त्यहाँ पनि केहि सीप नलागेपछि उनले नेपाल इन्भेष्टमेन्ट बैंकका आफ्ना पूर्व सहकर्मी रविन सिजापतिसँग मिलेर सांग्रीलाको सीइओ बन्न खोजेका थिए । तर त्यहाँ पनि सिजापतिले सुयोग श्रेष्ठलाई साथ दिएपछि बैंकमा सीइओ हुने दौड छोडेर रेमिट्यान्सतर्फ लाग्ने निर्णय गरी आइएमइ लाइफ इन्स्योरेन्समा आएका हुन् । उनी रेमिट टु नेपाल प्रा.लि नामकको खासै नचलेको रेमिट्यान्स कम्पनीमा सीइओ भएका थिए ।
कम्पनीको सञ्चालक समिति समक्ष प्रमुखकार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै भट्टले आफूसँग रहेको कार्यानुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्