काठमाडौँ- शिक्षा मन्त्रालयले रातारात दर्जन बढी भारतीय बोर्ड सीबिएसइ पढाउने विद्यालयहरुलाई मान्यता दिएपछि पछिल्लो समय यो विषयमा चर्को विरोध भइरहेको छ । पहिला भारतीय पढाइ नेपालमा हुने विषयलाई लिएर चर्को भाषण गर्ने नेता नै शिक्षामन्त्री बनेका बेला आएको यस्तो निर्णय झन् पेचिलो समेत बन्दै गएको छ । तर यो विषयमा खास कोहि बोल्न तयार छैन । यसै बीचमा हामीले नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमलाई आजको अर्थ सरोकारमा प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र नेपालको शिक्षा र त्यसमा भइरहेको व्यापारीकरणका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :