
काठमाडौँ – पूर्व मुख्यसचिव सोमलाल सुवेदीको तक्मा(पदक ) सरकारले खोसेको छ । सुवेदीलाई दिने भनिएको तक्मा खोसिएको हो । आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपरोक्त उच्च पदस्थहरुलाई विभुषित गर्दैछिन् ।
एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका सुवेदीले सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता लिइएको हो । गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदकमध्ये पूर्व मुख्यसचिव सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय यसअघि सरकारले गरेको थियो ।
तर, १ असारमा सरकारले एडिबीको बैकल्पिक निर्देशकबाट सुवेदीलाई फिर्ता बोलाएपछि उनी सरकारविरुद्ध मुद्दा दायर गर्ने योजनामा छन् । यसका लागि उनले आफूलाई लगाइएको आरोप र फिर्ता गर्ने सरकारको निर्णय माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका छन् ।
२०७४ को गणतन्त्र दिवसमा घोषणा गरिएका पदकमध्ये प्रसिद्ध प्रवल जनसेवा श्री पदक सुवेदीका अलावा सर्वोच्च अदालतका तत्कालिन न्यायाधीस (पछि प्रधानन्यायाधीस) गोपालप्रसाद पराजुली, न्यायाधीस ईश्वरप्रसाद खतिवडा, अख्तियारका दीप बस्न्यात, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, प्रधानसेनापति राजेन्द्र क्षेत्री र गृहमन्त्रालयका तत्कालिन सचिव लोकदर्शन रेग्मीलाई दिने निर्णय भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्