
काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उकपुलपतिको कार्यालय तोडफोड गरेका छन् । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका हुन्।
बिहीबार उपकुलपति कार्यालय परिसरमा नारावाजीमा उत्रेका विद्यार्थीमध्ये चारजना उपकुलपतिसँग वार्ता गर्ने भन्दै कार्यकक्षमा छिरेर तोडफोड गरेको त्रिवि सूचना शाखाले जनाएको छ। तोडफोडबाट उपकुलपति कार्यालयका कुर्सी, दराज, झ्यालका सिसा, सोफा, टेबलमा क्षति पुगेको छ।
त्रिविले भने परीक्षा सार्ने विषयमा छलफल भइरहेको जनाएको छ। तोडफोड गरेर विद्यार्थी भागेका थिए। ‘उनीहरु पूर्व तयारीका साथ आएका जस्तो देखिन्थे। परीक्षा सार्ने कि नसार्ने विषयमा अध्ययन गर्न समिति गठन भएको छ। तर एक्कासी तोडफोड गर्नुपर्ने अवस्था थिएन’, उपकुलपति तीर्थ खनियाले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्