
काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतवार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर कार्यालयको अनुगमन गरेका छन् । महानिरीक्षक खनालले ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी दिए ।
महानिरीक्षक खनालले ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा आपराधिक व्यक्तिलाई झैँ गर्ने व्यवहार नगर्नसमेत सुझाव दिएका थिए । महानिरीक्षक खनालले भने, ‘यात्रुलाई नियम कानुन लगाउनु भनेको सुधारात्मक पाटो हो । कहिले काँहि ट्राफिक प्रहरी व्यवहारिक भएर यात्रुलाई व्यवहार गर्नुहोला । यात्रु अपराधी होइनन् ।’
पछिल्लो समय ट्राफिक प्रहरीले समिति स्रोत र साधनको बाबजुद पनि राम्रो काम गरेकाले थप ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिए ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे जानकारी गराएका थिए । उपत्यकाभित्र अहिले १२ लाख भन्दा बढी सवारी साधनहरू गुड्ने गरेको प्रहरीको तथ्याङकल देखाउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्