×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाखौँ रुपैयाँ असुलेर त्रिभुवन विश्वविद्यालको प्रश्नपत्र आउट गर्ने अनेरास्ववियुका २ नेता सीआइबीको फन्दामा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाखौँ रुपैयाँ असुलेर त्रिभुवन विश्वविद्यालको प्रश्नपत्र आउट गर्ने अनेरास्ववियुका २ नेता सीआइबीको फन्दामा !

Artha Sarokar

१४ आश्विन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार  पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए ।
पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पसका अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिविआइले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी