
काठमाडौँ- बजारमा महंगी अचाक्ली बढेको छ । त्यसमाथि पनि लत्ता कपडा, दैनिक उपभोग्य समान लगायतको भाउले त आकाश नै छोएको छ । तर महंगीले सबै जनताको ढाड सकिरहेका बेला काठमाडौँमा यस्तो पसल पनि छ जहाँ १० रुपैयाँमै लुगा लगायतका समान पाइन्छ भन्दा जो कसैलाई पनि सहजै पत्यार नलाग्न सक्छ । तर यो सत्य हो ।
काठमाडौँको गोंगबुमा रहेको सुखावती स्टोरले सामाजिक सेवा अन्तर्गतको यस्तै सेवा दिइरहेको छ । एकको बेकार अर्काको सरोकार भन्ने नारासहित खुलेको यो पसलमा रु १० भन्दा माथिका समानहरु पाइन्छ भने बढीमा बढी मूल्यको समान पनि अन्त भन्दा निकै नै सस्तो वा भनौं अपत्यारिलो दाममा पाइन्छ ।
विशेषगरी १० रुपैयाँदेखि २०० रुपैयाँसम्मका बढी समानहरु पाइने यो पसल २०१४ मै स्थापना भएको हो । कसैकहाँ प्रयोग नभएको समान दान लिएर त्यसलाई रिफाइन गरेर बेचिने गरेको पसल संचालक बताउँनुहुन्छ । पसलमा विशेषगरी लत्ता कपडा, किचेनका समान, लगायतका सामानहरु पाइने गरेको पसलका संचालक बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्