- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले जारी आइपिओ आज बाँडफाँड गरेको छ । प्रकाशित नतिजा अनुसार यो आइपीओ सबै आवेदकले पाएका छन् । यस आइपीओमा ८३ हजार ३१६ जना आवेदकले १० कित्ताका दरले आइपिओ पाएका छन् ।
त्यसपछि फेरि बाँकी रहेको ४ लाख ७४ हजार कित्ता सेयर पुनः १० कित्ताका दरले बाँडफाँट गरिएको छ । जस अनुसार ४७ हजार ४०० जना आवेदकले २० कित्ताका दरले आइपीओ पाएका छन्। यस आधारमा न्यूनतम १० कित्ता सबैलाई र अधिकतम पाउनेले २० कित्तासम्म सेयर पाएका हुन् ।