
काठमाडौँ- अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिन सुरु गरेका छन् ।
स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रीसँग भेट नपाएपछि मन्त्रालय अगाडि नै धर्ना दिन सुरु गरेका हुन । ३० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य हुनु परेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले जानकारी दिनु भयो । उहाँले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।
बाइट…कुमार राउत, उपाध्यक्ष, अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आईतबारबाट दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन । उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठ पछिबाट देशभर आन्दोलनको कडा कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्