
काठमाडौँ – सरकारबाट बाहिरिने चेतावनी दिएको राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैबाट पनि सहयोग नपाएको गुनासो गरेका छन् । सोमबार साँझ आफ्ना मागहरु पूरा गर्न सरकारले उदासिनता देखाएको भन्दै राजपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनीसहित शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।
रेशम चौधरीलाई शपथ नखुवाएको, संविधान संशोधन नगरेको जस्ता विषय लिएर राजपाका नेताहरु प्रधानमन्त्रीलाई लिखित पत्रलिएर चेतावनी दिन पुगेका थिए ।
राजपा नेताहरुले सरकार चौतर्फी विवादमा फसेको, जनभावनाअनुरुप काम गर्न नसकेको बताउका थिए । उनीहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफूले गर्न खोजेको तर कसैले सहयोग नगरेकै कारण सरकार असफल बन्दै गएको स्वीकार गरेका छन् ।
बैठकमा सहभागी एक नेताकाअनुसार सधैं आक्रोशित मुद्रामा देखिने प्रधानमन्त्री ओली हिजो भने केही मलिन मुद्रामा देखिन्थे । ति नेताले भने, ‘प्रधानमन्त्री धेरै नै गल्नु भएछ । उहाँले आफूलाई कसैले पनि सहयोग नगरेको दुःखेसो गर्नुभयो ।’
बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले छठपछि सरकारलाई माग पूरा गर्ने समय दिने पूरा नगरे सरकारबाट बाहिरिने ‘डेड लाइन’ दिइएको बताए ।
उनले भने, ‘छैठपर्वसम्म सांसद रेशम चौधरीलाई रिहाइ गरे सपथ नखुवाए र संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी प्रधानमन्त्रीलाई दिएका छौं ।’
उक्त चेतावनी सुनिरहेका प्रधानमन्त्रीले २–४ दिनभित्र फेरी छलफलका लागि बोलाउने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्