
काठमाडौं – नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कसैलाई राजीनामा गराएर रिक्त स्थानमा आफूले उपनिर्वाचन नलड्ने बताएका छन् । नेता बामदेव गौतम काठमाडौँ–७ बाट उपनिर्वाचन लड्ने योजनाबाट पछि हटेलगत्तै श्रेष्ठको यस्तो भनाइ बाहिर आएको हो ।
गौतमका लागि काठमाडौँ-७ का सांसद रामवीर मानन्धरले राजीनामा घोषणा गरेसँगै श्रेष्ठलाई पनि उपनिर्वाचनमार्फत संसदमा ल्याउनुपर्ने माग उनका समथर्कले गरेका थिए । ‘उपनिर्वाचन लडेर संसदमा आउने मेरो कुनै योजना छैन’, गृहजिल्ला गोरखामा शनिबार सञ्चारकर्मीसँग उनले भने, ‘कसैले प्रस्ताव गरे पनि म स्वीकार गर्दिन ।’ जिल्लाको सिरानचोक गाउँपालिकाको चोरकाटेमा आयोजित कार्यक्रममा श्रेष्ठले सरकारबारे समग्र मूल्याङ्कने गर्ने बेला भइनसकेको तर्क गरे ।
फरक प्रसंगमा उनले चुनावी घोषणापत्रमा उल्लेख गरेर पनि चालु आर्थिक वर्षमा वृद्धभत्ता नबढ्नुमा प्राविधिक कारण रहेको उल्लेख गरे । पाँच वर्षभित्र मासिक भत्ता पाँच हजार बनाइने प्रतिबद्धता उनले जनाए ।
‘सरकार बनेको भर्खर सात महिना भएको छ, काम गरेन भन्ने बेला भएको छैन’, उनले भने, ‘वृद्धभत्ता पााच वर्षमा पाँच हजार पुग्छ ।’ उनले सरकारले काम गरिरहेको दाबी गर्दै परिणाम आउने बेला भएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्