
काठमाडौँ – डोल्पाबाट चुनाव लड्ने तयारी गरेका नेकपाका नेता वामदेव गौतमको आँखा राजधानी काठमाडौँमा परेको छ । काठमाडौँ निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले गौतमलाई सांसद बन्न आफूले पदबाट राजीनामा दिएका छन् ।
नेकपाका बरिष्ठ नेता गौतमलाई प्रतिनिधि सभामा पुर्याउन सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् । काठमाडौँ ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजीनामा अध्यक्ष प्रचण्डले नै बोकेर बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा गएका थिए, जुन पत्र बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाए ।
प्रचण्ड र गौतमसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजीनामाका लागि मानन्धरले तीन वटा शर्त राखेका छन् । उनले राखेका तीन मागमा– आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने छन् । प्रचण्ड र गौतमले आफ्ना शर्त पूरा हुने आश्वासन दिएपछि गौतमलाई काठमाडौँ–७ छाड्न आफू तयार भएर राजीनामा पत्र पार्टी समक्ष बुझाएको मानन्धरले निकटस्थहरूलाई बताएका छन् ।
यसअघि डोल्पाबाट चुनाव लड्ने चर्चा चलेपनि गौतमलाई डोल्पाली युवाले कुनै पनि हालतमा चुनाव नजिताउने बताएपछि उनी ‘ब्याक’ भएका हुन् । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर नेकपाले गौतमलाई सांसद बनाउने तयारी गरेपछि गौतमको चर्को विरोध भएको हो । डोल्पाबाट चुनाव हार्ने देखेपछि गौतमले पार्टीको शीर्ष नेताहरुसँग छलफललाई तिव्रता दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्