×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परराष्ट्र मन्त्रालयमा सत्ता-शक्तिको उन्माद, पूर्वअर्थमन्त्री विष्णु पौडेलकि बुहारीलाई बढुवा गर्न नयाँ पद सिर्जना !

अर्थ सरोकार

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार

PRIME CA

परराष्ट्र मन्त्रालयमा सत्ता-शक्तिको उन्माद, पूर्वअर्थमन्त्री विष्णु पौडेलकि बुहारीलाई बढुवा गर्न नयाँ पद सिर्जना !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- परराष्ट्र मन्त्रालयले कोहि व्यक्ति विशेषलाई बढुवा गर्न नयाँ पद सिर्जना गरिएको पाइएको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडलकी बुहारी प्रणिता अधिकारीलाई बढुवा गर्न परराष्ट्र मन्त्रालयले नयाँ पद सिर्जना गरेको पाइएसँगै सत्ता र शक्तिको उन्माद कुन हदसम्म हुँदो रहेछ भन्ने अर्को तथ्य बाहिर आएको हो ।  प्रणिता हाल परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत छिन् । अब उनलाई उपसचिवमा बढुवा हुन बाटो खुला भएको छ। 

पूर्वअर्थमन्त्री पौडलकी भाइ बुहारी प्रणिता अधिकारीलाई बढुवा गर्नकै लागि परराष्ट्र मन्त्रालयले अनाबश्यक रूपमा १४ उपसचिव र १२ शाखा अधिकृतको पद थप गरी दरबन्दी स्विकृतिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको स्रोतको दावी छ । मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिर्पोटमा संशोधन गरी त्यति ठूलो संख्यामा उपसचिव र शाखा अधिकृत पद थप गरेको हो । कोहि व्यक्ति विशेषलाइ बढुवा गर्न यति ठुलो कदम चालिएको भन्दै केहि विवाद भएको भएपनि सत्ता र शक्तिले यो काम भएरै छोडेको छ । यसले सरकारलाइ ठूलो व्ययभार पनि थपिएको छ । ओएनएम सर्भे रिर्पोटमा परराष्ट्रमा दरबन्दी थप गरिएको छैन । सर्भे रिर्पोटमा प्राय सबै मन्त्रालयमा दरबन्दी कटौती गरिएको छ। 
यसो त परराष्ट्र मन्त्रालयले थप गरेको उपसचिव पदमा पुर्व सचिव उमेश मैनालीकी छोरी इला मैनाली र पुर्व सशस्त्र प्रहरी प्रमुख सनद बस्तेतकी छोरी शिवानी बस्नेत पनि बढुवा हुने भएका छन् ।’परराष्ट्र मन्त्रालयले करिव दुइ महिना अघि १४ उपसचिव १२ शाखा अधिकृतको पद थप गरी मन्त्रालयमा पठाएको भएपनि  त्यसमा संघीय मन्त्रालयले आपत्ती जनाई थप दरबन्दीलाई अस्विकार गरेको थियो। ‘ संघीय मामिला स्रोत भन्छ, ‘विना औचित्य र विना आधार दरबन्दी थप गरिएको भन्दै आवश्यकता विना दरबन्दी थप नगर्न परराष्ट्र मन्त्रालयलाई संघीय मन्त्रालयका उच्च कर्मचारीहरुले पत्राचार गरेका थिए। त्यसपछि करिव दुइ महिनासम्म दरबन्दी थप्ने परराष्ट्रको प्रयास त्यतीकै थन्किएको थियो । तर उपसचिवमा दरबन्दी नथप्ने वित्तिकै प्रणिताको बढुवा हुने सम्भावना नरहेपछि करिव एक हप्ता अघि परराष्ट्रले फेरि थप दरबन्दी स्विकृतिकोलागि संघीय मन्त्रालयलाई ताकेता गर्न शुरु गरेको छ । यसमा परराष्ट्र मन्त्री आफैंले चासो देखाएको छन्।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: