
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाको बारेमा पार्टी कुनै निर्णय नभएको बताए । अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए ।
वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिने विश्वास व्यक्त गरे ।
पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधवार आयोजित चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरूको ध्यानाकर्षण भएको बताए ।
आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको बताउदै प्रचण्डले जनभावना अनुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्