
माथिको दृश्य चन्द्रागिरी हिल्स लिमिटेड परिसरमा शनिबार देखिएको दृश्य हो । काभ्रेपलान्चोक कुन्ताबेसी, धाईटार रायबारी लगायतका ठाउँका महिलाहरुले चलाएको सहकारी लघुवन पैदावार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरु चन्द्रागिरी हिल्स लिमिटेडमा आएर यसरी रमाइलो गरेका हुन् । चन्द्रागिरी हिल्स परिसर भ्रमण गरिसकेपछी उनीहरुले गाउँका सुख दुख, सहकारीको महत्व लगायतका कुराहरु समेटेर यसरी लोक गीत गाएर रमाइलो गरेका थिए । लघुवन मात्रै होइन, काठमाडौँ तथा आसपासका थुप्रै जिल्लाहरुबाट पनि यसरी नै चन्द्रागिरी हिल्स लिमिटेडमा आएर रमाइलो गर्नेको संख्या ठुलो छ ।
तर यसरी प्याकेज बनाएर आउनेहरुलाई विशेष खालको छुट नभएको, घरबाटै बनाएर ल्याएको खाजा माथि डांडामा लैजान नदिएको लगायतका समस्याहरु भोगेको सहकारीका सदस्य महिलाहरुको दुखेसो छ । डांडामा भएका रेष्टुरेन्टहरु निकै महँगो भएकाले समूहमा आएका महिलाहरु मारमा पर्ने गरेका छन्। यसरी प्याकेज नै बनाएर दिदिबहिनीहरु मिलेर चलाएको संस्थाबाट चन्द्रागिरी आउँदा यस्ता समूहहरुलाई लक्षित गर्दै विशेष प्याकेजहरु भएको खण्डमा यस्ता भ्रमणहरुलाई थप टेवा पुग्ने देखिन्छ । गाउँबस्तीका सहकारीबाट दिदीबहिनीहरु मिलेर आएको भ्रमणलाई लक्षित गर्दै विशेष प्याकेजहरु कम्पनीले ल्याएको खण्डमा , चन्द्रागिरी हिल्स लिमिटेड र समग्र पर्यटकहरुलाई पनि फाइदा हुन्थ्यो कि ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्