×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुकर बनाउने वा सस्तोमा सुट बेच्ने बाहानामा कोहि घर आए होसियार ! विहारबाट नेपाल भित्रिए ‘प्रोफेसनल चोर’हरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुकर बनाउने वा सस्तोमा सुट बेच्ने बाहानामा कोहि घर आए होसियार ! विहारबाट नेपाल भित्रिए ‘प्रोफेसनल चोर’हरु !

११ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सस्तोमा सुट बेच्ने भन्दै कोहि तपाईंको घर छिरेको छ ? वा भाडाकुँडा अर्थात कुकर बनाउनु छ भन्दै कोहि तपाईंको घर आइरहेका छन् ? यदि छ भने तपाईं सचेत हुनुपर्ने भएको छ । किनकि यस्तो बहानामा घर डकैती गर्ने प्रोफेसनल चोरहरु नेपाल भित्रिएको खबर छ । उपत्यकामा अधिकाशं घरमा डेरा गर्नेहरु दसैंंको समयमा पर्व मान्न घर जाने तथ्य थाहा पाएर दशैं र तिहारको मौका छोपी यस्ता चोरहरु नेपाल भित्रिने गरेका छन् । 
महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले आफ्नो घरलाइ सुरक्षित राख्न सुझाव दिएका छन् । ‘चाडपर्वको समयमा चोरीको सम्भावना बढी रहन्छ । तर प्रहरी टोलटोलमा सक्रिय भएको छ । यस्तोमा घरभेटीदेखि कोठा छाडेर घर जानेहरुले सतकर्ता अपनाउनु आवश्यक हुन्छ । कतिपय चोरहरुलाई त हामीले रंगेहात नै समातेका छौं । रातको समयभन्दा दिउँसो नै चोरी बढी भएका छन् । सिभिल प्रहरीको सक्रियताले चोरहरुमाथी हावी भएका छौं’’ उनले भने ।‘
एसएसपी लामाका अनुसार भारतको बिहारबाट पनि चोरहरु दसैंंको समयमा काठमाडौं छिर्ने गरेका छन् । काठमाडौं प्रहरीले २ युवतीसहित १२ जना भारतीय चोरलाई पक्राउ गरेको छ । लामाले भने,‘‘उनीहरु सबै प्रोफेसन चोर हुन् । चाडपर्वको बेला आउने चोर्ने र भारत फर्किने उनीहरुको योजना हुन्छ ।’
उनका अनुसार नेपाली चोरको तुलनामा भारतीय चोरको लुटपाटको शैली भने फरक हुन्छ । उनीहरु संगठित रुपमा चोरीमा सक्रिय हुन्छन् । प्रत्येकको छुट्टाछुट्टै भूमिका हुन्छ । कतिपय चोरले कपडा बेच्ने बहानामा घर हेर्छन् भने कतिपयले कुकर बनाउने नाममा । अनुकुल परे वा घरमा कोही नभएको पाइए उनीहरुले त्यतीबेलै पनि चोरी गर्ने सम्भावना रहन्छ । उनका अनुसार फोहर उठाउने, जोगीको भेसमा भारतीय चोरहरु सक्रिय हुने गरेका छन्।
‘‘भारतीय चोरहरुले होटलमा कोठा लिएर बसेको पाइयो । उनीहरु हेर्दा चोरजस्तो लाग्दैनन् तर चलाख हुन्छ । कसैमाथी शंका लागे तत्काल प्रहरीलाई सम्र्पक गर्नुहोला,’’ एसएसपी लामाले भने । लामाका अनुसार १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको छ । काठमाडौंमा २५० देखि ३ सय पकेटमार/चोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी