×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसद्वारा मृगौला पीडितलाई २ लाख १७ हजार सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेसद्वारा मृगौला पीडितलाई २ लाख १७ हजार सहयोग

Artha Sarokar

२१ आश्विन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – इराकस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुवै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति संकलन आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
संकलित रकम १ लाख ६६ हजार ५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्ट अलताइफबाट प्राप्त भएको र त्यसमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले ५० हजार थप गरी एक मुष्ट २ लाख १६ हजार ५४१ रुपैयाँ सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डेर सिताराम कट्टेल (धुर्मुस) ले दुवै मृगोला प्रत्यारोपणको सहयोगका लागि पीडित फुडोमा तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी