
- अर्थ सरोकार सम्बादाता
काठमाडौँ-शैक्षिक परामर्श संघ (इक्यान) फुटेको छ । फुटसँगै सन्तोष प्याकुरेलको संयोजकत्वमा नयाँ शैक्षिक परामर्श संघ (नेका) गठन गरिएको छ । नेकामा इक्यानभित्रका व्यवसायी तथा अन्य संघमा रहेका र स्वतन्त्र व्यवसायीहरु आबद्ध रहने बताइएको छ । शैक्षिक परामर्श क्षेत्रको विकासमा सही ढंगले कोही पनि नलागेको, समस्या कम हुनुको साटो झन थपिँदै गएको, व्यवसायमा मौलाएको एकाधिकारसँगै गैरव्यवसायिक क्रियाकलाप हावी हुँदै गएको भन्दै नेकाको जन्म दिइएको नेकाका रुपमा नयाँ संघ बनाउन बाध्य भएको तदर्थ समितिका संयोजक सन्तोष प्याकुरेलले जानकारी दिए ।
तदर्थ समितिका प्रवक्ता उमेश ढुंगेलका अनुसार दर्ताको काम सकिएको र केही प्रशासनिक काम बाँकी रहेको बताएका छन् । हाल शैक्षिक परामर्श क्षेत्रमा इक्यान, आईरिन र फेकन गरी तीन संघ अस्तित्वमा छन् । नेका चोथौ संघ बन्ने छ । नयाँ बन्ने संघमा सन् २०१२ मा इक्यान मर्ज भएको तत्कालिन ‘नेका’का सदस्य, इक्यानका सदस्य तथा स्वतन्त्र व्यवसायीहरु आबद्ध हुने गरी गृहकार्य गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्