×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइनमा टिकेट काटेर एफक्युब हलमा फिल्म हेर्न जाँदै हुनुहुन्छ भने होसियार ! फिल्म नै नहेरी फर्कनु पर्ला नि !

PRIME CA

अनलाइनमा टिकेट काटेर एफक्युब हलमा फिल्म हेर्न जाँदै हुनुहुन्छ भने होसियार ! फिल्म नै नहेरी फर्कनु पर्ला नि !

११ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तपाईं एफक्यूब हल जानुहुन्छ ? के तपाईंले हलको क्वालिटी खस्किएको अनुभव गर्नुभएको छ ? हो ! यो तपाईं लगायत धेरैको भोगाई हुन सक्छ । टिकेट बेच्ने तर फिल्म नदेखाउने, हलभित्रको कमजोर व्यवस्थापन लगायतका कारण हलप्रति धेरैको क्रेज घटेको दर्शकहरुकै भनाइ छ । केहि समय अघिसम्म यो हल राम्रै दर्जाको हल मानिने गरेको थियो । तर पछिल्लो समय भने दर्शकहरुको गुनासो अत्याधिक बढेको छ । मध्यम र माथिल्लो बर्गले फिल्म हेर्ने हलका रुपमा चिनिएको यो हल अहिले पूरानो ढर्राको हलजस्तै भएको गुनासो दर्शकहरुले गरेका छन्। 
मंगलबारको एउटा घटना, ‘हलले टिकेट बेच्यो तर फिल्म देखाएन’
काठमाडौँ- मंगलबार प्रशन्न नाम गरेका एक दर्शकले काठमाडौँको एफक्युब हलमा साँझ सवा ७ बजेको फिल्म हेर्नका लागि अनलाइनबाट टिकट किने । उनले अनलाइन पेमेन्ट गेटवे प्रयोग गरेर अनलाइनबाटै टिकटको भुक्तानी समेत गरे। तर हल पुग्दा उनी अचम्ममा परे । किनकि टिकेट किनेर हल पुगेका उनलाई हलले सवा ७ बजेको शो छैन भन्यो । पैसा भुक्तान भइसकेको थियो । यसबारे जानकारी गराएपनि उनलाई पैसा फिर्ता दिन हलले चाहेन । त्यसपछि ‘म जस्तै यसरी अरु पनि कति ठगिएका होलान् !’ भनेर उनले यो घटना सार्वजनिक नै गरिदिए । यो त प्रतिनिधि उदाहरण मात्र हो । यस्ता धेरै ठगीका घटना भएको दर्शकहरुको गुनासो छ ।
घटनाको अपडेटपछी एफक्युबले माफी माग्यो !
यसो त यो घटनाबारे थाहा पाएपछी एफक्युब सिनेमाजका कस्टुमर सर्भिस म्यानेजर रामहरि कोइरालाले माफी मागेका छन् । उनले दर्शकले भोगेको दुख प्रति माफी माग्दै प्राविधिक कमजोरीका कारण यस्तो भएको दावी गरेका छन् । उनले हलबाट ठगीएका ग्राहक प्रशन्नलाइ फोन गर्दै आफुले माफी मागेको, उनलाई अर्को शो हेर्न दिएको र उनी एफक्यूबबाट खुसी रहेको समेत दावी गरेका छन् । तर बाहिर आएको एउटा घटनामा उनले दर्शकलाइ फोन गरेपनि यसरी कति घटना लुकेका होलान र तिनीहरु ठगीएको बारे हलले के नै गरेको होला र भन्ने गुनासो चौतर्फी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: