- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ५९ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ६० हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ४ सय ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ ।