×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : ग्लोबल आईएमई बैंकबाट ठगीएका ग्राहकले फिर्ता पाए रकम, बैंकले माग्यो माफी (भिडियो)

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकार समाचार प्रभाव : ग्लोबल आईएमई बैंकबाट ठगीएका ग्राहकले फिर्ता पाए रकम, बैंकले माग्यो माफी (भिडियो)

२३ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

ग्लोबल आईएमई बैंकबाट सुमन पौडेलले पैसा निकाल्दा निकै नै चलाखीपूर्ण तरिकाले पैसामा बदमासी गरिएको र ग्राहक ठगीएको खबर अर्थ सरोकारले स-प्रमाण प्रशारण गरेपछि अन्ततः बैंकले आफ्नो गल्ती स्वीकारेको छ ।
पीडीत ग्राहकले पूरा रकम फिर्ता पाएका छन । हाम्रो समाचारपछी केरिएको, स्टिच लगाइएको लगायत कानुनले बर्जित गरेका कामहरुमा ध्यान दिएको भन्दै  बैंकले पीडीतलाई नयाँ नोटको गड्डी नै दिएको छ ।
बैंकले पीडीत ग्राहकसँग कुराकानी गरेर ग्राहकसँग माफी मात्र मागेको छैन, यो घटनामा संग्लग्न आफ्नै कर्मचारी भएपनि कारवाही गरिने बताएको छ । बैंकले ग्राहकलाई ठगेको समाचार बजेपछि पीडीत ग्राहक र अर्थ सरोकारकर्मीसँग भेट्दै बैंकले माफी मागेको हो । आफ्नो व्यवस्थापन बैठकमा समेत कुरा राखेर बैंकले अन्तत: ग्राहकलाई रकम फिर्ता गरेको हो ।
तर अझै पनि बैंकलाइ शंका गर्ने ठाउँ छ । बैंककै उपल्लो तहका कर्मचारीहरुको कुरा सुन्दा पनि बैंककै कर्मचारीबाट यो काम भयो कि भन्ने शंका छ । अर्कोतर्फ पीडीतसँग माफी माग्ने, अनुसन्धान गर्छौं भन्ने आश्वासन पनि दिने र यहि कुरा सार्वजनिक रुपमा भन्न नमान्ने बैंकका चीफ कम्प्लाइन्स आफिसर राजा अर्यालको जिद्दीले भित्रभित्रै केहि खिचडी पाकेको त छैन ? भन्ने प्रश्न उब्जाएको छ । अर्कोतर्फ सूचना अधिकारीसँग बैंकको अन्तिम धारणा माग्छौं भन्दा यहि हो धारणा भनेर क्यामरा बोल्न नामान्नुले पनि बैंकका कर्मचारी यो प्रकरणलाई लिएर कतै न कतै शशंकित छन् भन्ने अनुमान लगाउन गाह्रो छैन ।
जे होस्, यो प्रकरणमा हामी पीडीतको रकम फिर्ता गराउन सफल भएका छौं । जन उत्तरदायी पत्रकारिता यात्रामा यो प्रकरण हाम्रो लागि अर्को सफलता हो । नोट फिर्ता दिलाउन पहल गर्ने बैंकको कान्तिपथ साखाकी साखा प्रबंधक अनामिका सिंह सहित सबैलाई धन्यवाद ।  तर  बैंकले वा सम्बन्धित निकायले यस्तो गलत काम गर्नेलाई पक्राउ नगरुन्जेल हामी निरन्तर यो प्रकरणको फलोअपमा छौं । र हाम्रो यहि कामना छ कुनै पनि बहानामा दोषी उम्काउने दुष्प्रयास नहोस् ।   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: