- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५८ हजार १ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले बढेर ५९ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ ।