- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ६० हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ६० हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ७ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।