
काठमाडौँ – बैकिङ कसुरमा फरार तत्कालीन किष्ट बैकका सिइओ कमल ज्ञवाली पक्राउ परेका छन् । करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतको मथुरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे ।
उनलाई धनगढीबाट ८ :३० को फ्लाइटबाट काठमाडौँ ल्याइएको हो ।
अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि भने प्रहरीको फन्दामा परेका छन् । २०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।उनी भारतबाट पक्राउ गरिएको भए पनि उनलाई महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको औपचारिक भनाइ छ । भारतसंग सुपुर्दुगी सन्धी नभएकाले त्यहाँ पक्राउ गरेको अभियुक्त नेपाल लयाउन मिल्दैन । त्यहि कारण प्रहरीले अरु थुप्रै प्रकरणमा पनि यसरी नै नेपालको ठेगाना दिने गरेको छ ।
‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अर्थ सरोकार डटकमसंग भने , ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छाैं ।’ जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीअार्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।
सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली दम्पती फरार थिए । ज्ञवालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । सो मुद्दामा भने अदालतबाट फैसला हुन बाँकी नै छ । किष्ट बैंकलाई गाभेको प्रभु बैंकले भने ०७१ माघ १३ गते कमल ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ-व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरेको थियो ।
सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्