×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमल ज्ञवाली यसरी भए पतन, सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्षलाई ‘सिध्याउँछु’ भनेर लाग्दा दुवै सकिए !

PRIME CA

कमल ज्ञवाली यसरी भए पतन, सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्षलाई ‘सिध्याउँछु’ भनेर लाग्दा दुवै सकिए !

१९ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैकिङ कसुरमा फरार तत्कालीन किष्ट बैकका सिइओ कमल ज्ञवाली पक्राउ परेका छन् । करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए । उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतको मथुरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।आफ्नै साथीलाई सिध्याउँछु भनेर लाग्दा ज्ञवाली आफैं पतन भए । सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष सेखर अर्याल र ज्ञवालीबीच त्यतिबेला ‘मनमुटाव’ भयो । उनीहरु एक अर्कालाई खुलेआम रुपमै एक अर्कालाई सिध्याउँछु भन्दै हिँडे । अन्तिममा दुबै जना सकिए !
यस्तो थियो चुरोको कुरो !
हाल पक्राउ परेका कमल ज्ञवाली सिद्धार्थ डेभलोपमेन्टबाट लिएको ऋणको साँवा ब्याज तिर्न सकिरहेका थिएनन् । यहि बेला उनको ठुलो मनमुटाव भयो सिद्धार्थका अध्यक्ष अर्यालसँग । अर्यालले पनि उनलाई सहयोग गरेनन् । एकले अर्कोलाई सिध्याउने खेल सुरु भयो । त्यहीबेला उनका बारेमा राष्ट्र बैंकमा उजुरी पर्‍यो । त्यो उजुरी अर्यालले नै गर्न लगाएका हुन् भन्ने हल्ला पनि चलेको थियो । राष्ट्र बैंकले ०६९ मा उनीमाथि छानबिन गर्‍यो । छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दिइयो । सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । ऋणी ढकाललाई भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरियो । तर पछी थाहा भयो कि ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेका रहेछन् । त्यसपछि ०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्‍यो । कमल फरार भइसकेका थिए । गौरी धरौटीमा छुटिन् । किष्ट बैंक डुब्ने अवस्थामा पुग्यो । तर त्यति बेला प्रभु समूहले किष्टलाइ बचायो । ०७१ भदौ ३० मा तत्कालीन प्रभु विकास बैंकले किष्टलाई गाभेर प्रभु बैंकको नाममा कारोबार थाल्यो । प्रभु समूहले ज्ञवालीले बैंकमा तिर्नुपर्ने ऋण उनको सेयर बेचेर २३ करोड रुपैयाँ असुलिसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: