
काठमाडौँ- सरकारले चिया तथा कफी खेतीको प्रवद्र्धनमा व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवद्र्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सोमबार चीनको सिजुवान प्रान्तका चिया व्यवसायीहरुसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने आश्वासन पनि दिए ।
मन्त्री खनालले नेपालको चिया तथा कफीको विकासमा चीनको सहयोगको पनि अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो । उहाँले नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको चियाको विकासमा सरकार पछि परेको स्विकार गर्दै अव त्यसलाई अगाडि बढाउन व्यवसायीहरुसँगै सहकार्य गरेर अघि बढने योजना पनि सार्वजनिक गरे ।
कार्यक्रममा चिनिया कलाकारहरुले चियाको आवश्यक्ता र औचित्य समेटिएको कला पनि प्रस्तुत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्