
काठमाडौँ – नेपाल विद्यार्थी संघको नेतृत्वमा रहने व्यक्तिको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा विवाद देखिएको छ । कार्य समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला सहित ४ जना नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।
आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय गरेको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेदवार नै हुन नपाउने भएका छन ।
यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाबाहेकका समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट नै लेखेका हुन् बैठकमा नेवि संघमा ३२ वर्षे उमेर हद लागू गर्ने कि नगर्ने भन्दै बहस थालिएको थियो । तर, वरिष्ठ नेताहरुले समग्र विधान ल्याउनुका साटो एउटा धारामा बहस गराएको भन्दै विरोध गरे । उनीहरुले आफूहरु ३२ वर्षे उमेर हदको विरोधमा नभएको तर, समग्र विधानमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।
त्यसपछि निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेश गरे । ‘बैठकको एजेण्डा थाहा छैन । एकै पटक ३२ वर्षे लागू गर्ने कि नगर्ने भनेर बहस गराइन्छ’ एक नेताले भने, ‘नेवि संघले पठाएको विधान समेत हामीलाई दिइएन ।’ देउवाबाहेकका समूहका नेताहरुले ३२ वर्षे लागू हुने विदा दिने नेताहरुसँग पनि छलफल गर्नु पर्ने र भ्रातृ संगठनको विधान पार्टीले संशोधन गर्नुका साटो निर्देशन दिएर उनीहरुलाई नै संशोधन गर्न लागाउनु पर्ने तर्क गरेका थिए । तर, संस्थापन समूहको बहुमत भएको बैठकले ३२ वर्षे उमेर हदसहित विधान पास गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्