×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाललाई फेरी नरेन्द्र मोदीले धोका दिए !

अर्थ सरोकार

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार

PRIME CA

नेपाललाई फेरी नरेन्द्र मोदीले धोका दिए !

काठमाडौँ – असारमा नेपाल र भारतका नागरिक उड्डयन अधिकारीबीच भएको सहमतिअनुसार भारतले नेपाल प्रवेश गर्ने जहाजलाई थप रुट दिन अस्वीकार गरेको छ ।
भारतको नयाँ दिल्लीमा भएको प्राविधिक समितिको बैठकमा भारतीय पक्षले नेपाललाई आवश्यक पश्चिम क्षेत्रका रुट दिन अस्वीकार गरेको बैठकमा सहभागी अधिकारीहरुको जानकारी दिएका छन् ।
कुटनीतिक मामिलासँग जोडिएको भन्दै औपचारिक प्रतिक्रिया दिन नमानेका नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुकाअनुसार भारतीय पक्षले महेन्द्रनगर र नेपालगंजबाट जहाज प्रवेश गर्ने विन्दु दिन भारतीय पक्षले अस्वीकार गरेको छ।
असारमा भएको सम्झौताअनुसार भारत महेन्द्रनगर रुटलाई दुईतर्फी बनाउने, नेपालगंजलाई नयाँ प्रवेश विन्दु दिनको लागि प्राविधिक अध्ययन तयार भएको थियो । उक्त प्राविधिक अध्ययन पश्चात भारतीय पक्षले नेपालगंजमा आर्मी ब्यारेक भएको र महेन्द्रनगरबाट दिनलाई व्यस्त भारतीय आकाशको कारण दिन नसकिने राय राखेको छ ।
गएको बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक दिपक बरालको नेतृत्वमा गएको नेपाली पक्षसँग भारतीय एयरपोर्ट अथिरिटीका अधिकारीहरुले महेन्द्रनगर र नेपालगंज रुट दिन नसकिने बताएका थिए ।
केपी ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप हवाई रुट दिन प्राविधिक तहलाई निर्देशन दिने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार आसरमा दुई देशका अधिकारीबीच छलफल भएको थियो ।
उक्त छलफलबाट भारतले नेपाललाई थप ४ हवाई प्रवेश विन्दु उपलब्ध गराउने सहमति गरेको थियो । नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगंज, जनकपुर र विरगंजबाट पनि आउन दिने उक्त समयमा सहमति भएको थियो । हवाई रुटको बारेमा प्राविधिक अध्ययन गरी सन् २०१८को सेप्टेम्बरसम्म कार्यान्वयनको तहमा जाने सहमति भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: