×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेड र पोखरा प्रीमियर लिग (पिपिएल) बीच प्रायोजन सम्झौता (फोटो / भिडियो)

PRIME CA

नबिल बैंक लिमिटेड र पोखरा प्रीमियर लिग (पिपिएल) बीच प्रायोजन सम्झौता (फोटो / भिडियो)

२९ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सरला राउत / अर्थ सरोकार डटकम 
नबिल बैंक लिमिटेड र पोखरा प्रिमियर लिग (पीपीएल) बीच प्रायोजन सम्झौता भएको छ । आइतबार नबिल बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता हस्ताक्षर गरिएको हो । कार्यक्रममा पोखरा प्रिमियर लिगका प्रतिनिधि, नेपाली क्रिकेट टोलीका क्याप्टेन पारश खड्का, नबिल बैंक लिमिटेडका सीइओ अनिल केशरी शाह लगायतले उक्त सम्झौता पत्र सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा प्रिमियर लिगका प्रतिनिधिले नबिल बैंकले गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए । कर्पोरेट को साथ बिना प्रिमियर लिग सफल नहुने बताउंदै पीपीएल प्रतिनिधिले पीपीएलमा सहयोग गर्न सबै मिडियाकर्मीहरुलाई पनि आग्रह गरेका थिए । यता क्रिकेटर पारश खड्काले नेपाली क्रिकेटमा यस्तै कर्पोरेट हाउसहरुको साथ र सहयोग भए क्रिकेटका समस्याहरु समाधान हुनेसमेत बताएका थिए ।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले नेपाली क्रिकेटको बिकासका लागि नबिल बैंकले सानो सहयोग गरेको बताए । नेपाली फुटबलका लागि पनि बिगतमा नबिल बैंकले सहयोग गरेको भन्दै पीपीएलमा आफ्नो बैंकले गरेको सानो सहयोगले नेपाली क्रिकेटमा थोरै भए पनि सहयोग हुने विश्वास गरेका छन्।प्रिमियर लिग (पीपीएल) टी – ट्वान्टी क्रिकेट प्रतियोगितामा कार्तिक ९ देखि २० सम्म पोखरमा हुने हुँदैछ । उक्त प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हुँदैछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: