×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल सरकार र मलेसियन सरकारबीच ऐतिहासिक श्रम सम्झौता, नेपालीलाई फाईदै फाइदा ! (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल र मलेसियाबीच सरकारी स्तरमै श्रम सम्झौतामा सोमबार काठमाडाैँमा हस्ताक्षर भएको छ । यस सम्झाैतासँगै करिव ६ महिनादेखि राेकिएकाे मलेसियाकाे राेजगारी अब चाँडै खुल्ने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सोमबार बिहान होटल हायतमा नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सम्झाैता पत्रमा मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान र नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हस्ताक्षर गरेका हुन् ।
मन्त्री कुलासेगरान साेही सम्झाैताका लागि आइतबार राति काठमाडौं आइपुगेका थिए । मलेसियन प्रतिनिधिमण्डलसँग गहन छलफलपछि दुई देशबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी साे ‘जि-टु-जि’ सम्झौतामा हस्ताक्षर भएको हो । राेजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: