×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेकाे ‘अनलाइन ट्रेडिङ’ सिस्टममा गम्भीर त्रुटि, जसको ‘अर्डर’ जसले थपघट गर्न पनि मिल्ने ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अहिले नेप्से अनलाइन ट्रेडिङको पूर्ण रुप ल्याउने तरखरमा छ भन्ने सुन्नमा आएको छ । यसका लागि बर्षौंसम्म वाईको नामक कम्पनी लागि पनि परेको छ । तर ‘१२ बर्षमा पोइ आयो, मै मोरीलाई ज्वरो आयो’ भन्ने शैलीमा पछिल्लो समय आएको अनलाइन ट्रेडिङ सिष्टममा गम्भीर त्रुटी देखिएको छ । अर्डर गर्दा ‘बाइ-सेल’ काे कुने अप्सन नछाने पनि अर्डर बस्ने समस्या सिष्टममा छ । सेल गर्न खाेज्दा बाइ हुने हुने समस्या छ । अर्डर गर्न बसेका अरु ब्यक्तिकाे ट्रेिडङ काेड तथा नाम लगायका बिवरण देखिने समस्या छ । यो त्रुटीको पनि पराकाष्टा हो । जसको अर्डर जस्ले पनि थप घट गर्न मिल्छ सिष्टममा ।
अर्कोतर्फ अर्डरहरू यकमुस्ट क्यान्सिल गर्न नमिल्ने समस्या छ सिष्टममा । सिस्टम अत्याधिक स्लाे, बेला बेलामा अनेक इरर अाइ राख्ने खालको छ । अझ अचम्मको कुरा त के छ भने अति सामान्य कुरा SSL सेकुरिटि नराखेकाे संसारकै नमुना र सेकुरिटिकाे हिसावले कमजाेर सजिलै ह्याक हुने सम्भावना भएको सिष्टम नेप्सेले ल्याएको छ ।
हेर्नुहोस् भिडियो 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: