
काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापरबाही गरेको भन्दै थप दुई प्रहरी निलम्बनमा परेका छन् । समितिको प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाल क्षेत्रीले जानकारी दिए।
घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र सई हरिसिंह धामीलाई निलम्बन गरिएको हो। साउदले निर्मलाको शवको कपडा पखाल्न र तिघ्रा सफा गर्न कसैले नभनेको सरकारले गठन गरेको छानबिन समितिलाई बयानमा बताएकी थिइन्।
भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। निलम्बनमा पर्नेहरूमा एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्।
घटनामा प्रहरीप्रति शंका बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो। डिएसपी जिसी केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धान गर्ने गएका प्रहरी हुन्। निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार दिनपछि अनुसन्धानका लागि सिआइवीको टोली कञ्चनपुर पुगेको थियो।
एआइजी धिरु बस्नेतको नेतृत्वमा गठित समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गरिरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्