
काठमाडौँ – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई अस्पताल पुगेका छन्।
प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका भट्टराईले फर्केपछि ट्विट गर्दै ओलीले हासिमजाक गरेको बताएका छन् । भट्टराईले लेखेका छन् – ‘प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो! अलिकति ठट्टामजाक पनि गर्नुभो! यसको अर्थ हामीले लगायौं-वहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ! आखिर Laughter is the best medicine जो भनिन्छ! वहाँको शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना!’
पार्टीले आयोजना चियापान कार्यक्रममा जान ठिक्क परेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि शनिबार अस्पताल पुर्याइएको थियो । तत्काल स्वास्थ्यमा सुधार न आएपछि उनलाई सोमबार बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको थियो ।
उपचारमा रहेका ओलीको आज भने स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन् । मंगलबार बिहान विज्ञप्ति जारी गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।
बिहान प्रधानमन्त्री ओलीको रगत परीक्षण गर्नुका साथै छातीको एक्स–रे गरिएको थियो । रिपोर्टहरु सकारात्मक रहेको अस्पताल निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ओलीको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली खटिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ओली आफै खाजा खान सक्ने र दाह्री
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्