
काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले निर्मला हत्या प्रकरणको अनुसन्धानका विषयमा आफुले दिएको अभिव्यक्तिलाई नबुझ्नेहरूको जमातको प्रतिक्रिया दुखदायी भएको बताएका छन् ।
कोस्टारिकाबाट अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले पत्रकार प्रेम बानियाँसँगको अन्तरवार्ताका क्रममा ‘आफुले कुनै कुनै अपराधका घटना १२ बर्षमा पनि पत्ता लागेका छन्, हामी अनुसन्धानमा कमजोर छैनौं’ भन्ने बोलेको बताउँदै थपे,‘निर्मला पन्तको हत्या अनुसन्धानमा राज्य गहन भएर लागेको छ । फेरि अतिरञ्जित बनाएर हल्ला गर्नेहरू, राजनीति गर्नेहरूको बुझाई कस्ततो हो र?’
समृद्ध नेपाल र सुखी नेपालीको सपनाका खातिर सक्रिय रहेको बताएका उनले नेकपाभित्र देखिएको विवादका विषयमा पनि टिप्पणी गरे । उनले सांकेतिक रूपमा नै नेता माधवकुमार नेपालको असन्तुष्टीप्रति कटाक्ष गर्दै भने,‘केही केही मान्छेले किन रडाको गरेका हुन् ? मलाई यो थाहा छैन ।’
तत्कालिन माओवादीसँग चुनावी गठबन्धन, एकीकरण घोषणा चमत्कारिक हिसाबले गरेको बताउँदै जोडे,‘एकीकरणका सबै तह बिना विवाद नै समायोजन हुन्छन् । यसमा रडाको गर्नुपर्ने काम छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्