×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैसाथ प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखा तथा उपशाखा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एकैसाथ प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखा तथा उपशाखा विस्तार

Artha Sarokar

१९ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले असोज १८ गते विहिवारदेखि पाँच नयाँ शाखा तथा उप–शाखाहरु संचालनमा ल्याएको छ । कम्पनीले महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको हो । 
कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमका बीच महेन्द्रनगर शाखा कार्यालय, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्कीउप–शाखा कार्यालय, ७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी उप–शाखा कार्यालय, फिदिम जिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटाले फिदिम उप–शाखा कार्यालय र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा ईलाम जिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम उप–शाखा कार्यालयको उद्घाटन गरे ।
दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी