प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : शाइन रेसुंगा डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : १७.७% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २४६ रुपैयाँ ३९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २८३ रुपैयाँ १४ पैसा
विशेष साधारण सभा : असोज २८ गते
विवरण :
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १७.७% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २४६ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २८३ रुपैयाँ १४ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१७.७०% बोनस सेयर र ०.९३% नगद लाभांश दिने
अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान १०ः३० बजे ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३२ करोड २५ लाख ९९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ ४० पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ ८६ पैसा ।