×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रम ओली र कोस्टारिका राष्ट्रपति कार्लोसबीच भेटवार्ता, के-के भयो कुराकानी?

PRIME CA

प्रम ओली र कोस्टारिका राष्ट्रपति कार्लोसबीच भेटवार्ता, के-के भयो कुराकानी?

अर्थ सरोकार

१६ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कोस्टारिकाको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्यूसाडाबीच ‘रेस्ट्रिक्टेड’ वार्ता सम्पन्न भएको छ। दुई नेताबीच भएको रेस्ट्रिक्टेड’ वार्तापछि दुई देशका उच्च अधिकारी संलग्न द्वीपक्षीय भेटवार्तासमेत भएको छ।
भेटवार्ताको क्रममा द्वीपक्षीय हित, आपसी साझेदारीका विषयमा छलफल भएको बताइएको छ। छलफलका क्रममा जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय शान्ति, निःशस्त्रीकरणका विषयमा छलफल भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति क्यूसाडाले बताएका छन्।
आगामी दिनमा यी क्षेत्रमा कसरी दुई देशबीच साझेदारी गरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए। त्यस्तै आर्थिक तथा राजनीतिक एजेण्डामा स्थानीय स्तर र विश्वव्यापी रुपमा महिला सशक्तीकरणका विषयमासमेत छलफल भएको उनले जानकारी दिए।
‘दुबै देशका जनताका लागि महत्त्वपूर्ण रहेको कृषि क्षेत्रमा साझेदारीको विषयमासमेत छलफल भएको छ,’ राष्ट्रपति क्युसाडाले भने । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पछिल्ला वर्षमा कोस्टारिकाले मानवअधिकार शान्ति तथा विकासका क्षेत्रमा फड्को मारेको भन्दै प्रशंसा गरे।
सन् १९७६ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशबीच समस्यारहित ढंगले सम्बन्ध अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले यो सम्बन्ध आपसी समझदारी, विश्वास र एकअर्काको सम्मानमा अडेको बताए।
कोस्टारिका र त्यहाँका जनताको तर्फबाट नेपाल र नेपाली प्रतिको सम्मान प्रति आभार प्रकट गर्दै ओलीले नेपाल र नेपालीको पनि कोस्टारिका र त्यहाँका जनता प्रति उस्तै सम्मान भाव रहेको उनले बताए।
उनले लामो कुटनीतिक सम्बन्ध स्थापना भए पनि उच्चस्तरीय भ्रमण नभएको अवस्थामा आफ्नो यस भ्रमणले दुई देशबीचको सम्बन्ध उच्च राजनीतिक स्तरमा पुराउने सुरुवाती विन्दु भएको बताए।
प्रधानमन्त्री ओलीले आज भएको भेटवार्तामा दुई देशबीच गरिबी निवारण, जलवायु परिवर्तन, वातावरणीय संरक्षण, क्लिन इनर्जीलगायतका क्षेत्रमा काम द्वपक्षीय तथा वहुपक्षीय मञ्चमा मिलेर काम गर्ने सहमति भएको बताए।
‘भेटवार्तामा मैले नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरु, नेपाल सरकारले लिएको समृद्ध नेपाल समृद्ध नेपालीको नारालाई व्यक्त प्रस्तुत गरे। राष्ट्रपतिबाट नेपालको विकास प्रक्रियामा साथ र सहयोग रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो,’ उनले भने।
त्यस्तै भेटवार्तामा वातारणीय परिवर्तन, अन्तर्राष्ट्रिय शान्ति, निःशस्त्रीकरणलगायतका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चहरु, संयुक्त राष्ट्र संघमा मिलेर काम गर्ने विषयमा छलफल भएको बताए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: