- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पूर्णिमा विकास बैंकले ११.३७% लाभांश दिने भएको छ । बैंकले शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को खुद नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% बोनस सेयर र ६.३७% नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ छ ।