
राजविराज – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छठ सकिए लगत्तै आफ्नो पार्टीले संघर्ष गर्ने चेतावनी दिएका छन् ।
राजविराजस्थित एक होटलमा बुधबार आयोजित पत्रकार भेटघाटमा महतोले मधेसी, आदिवासी, जनजाति तथा सीमान्तकृत वर्गको माग र भावना समेटेर संविधान संशोधन नभए छठपछि औपचारिक र आधिकारिक रुपले पार्टी संघर्षमा उत्रिने चेतावनी दिए ।
महतोले भने, ‘मधेसको माग वमोजिम संविधान संशोधन नभए संविधानलाई ग्रह दशा लाग्छ ।’
साथै उनले आफूहरु संघर्षमा गएपछि सरकारसँग अहिलेसम्म रहेको मित्रता पनि टुट्ने बताए । ‘हाम्रो तर्फबाट मित्रता कायम रहोस् भन्ने चाहना छ सरकारकै कारणले संघर्षमा जानु परे समर्थन फिर्ता हुने र मित्रता पनि टुट्ने छ,’ उनले भने ।
आगामी सोमबार सबै जिल्ला प्रशासन कार्यालय र सिधै प्रधानमन्त्री कार्यालयमार्फत सरकारलाई चेतावनीस्वरुप स्मरणपत्र दिने उनले बताए ।
संविधान संशोधन, रेशम चौधरीको सपथ ग्रहण, झुठा मुद्दा लगाएर जेलमा राखिएका आन्दोलनकारीको मुद्दा फिर्ता लगायत विषयमा सरकार संवेदनशील नभए सडक तथा सदन दुवै ठाउँबाट सरकार विरुद्ध संघर्ष चर्काउने महतोको चेतावनी छ ।
नेता महतोले सरकारलाई समर्थन गर्नु राजपाको बाध्यता रहेको प्रष्टीकरण दिएका छन् । उनले दुई तिहाईको सरकारले संविधान सशोधन गर्छु भनेपछि समर्थन गरेका हौं,’ उनले भने, ‘संशोधनकै लागि बर्तमान सरकारसँग दोस्ती गरेका हौं ।’
उनले प्रधानमन्त्री ओलीजीले दिएका प्रतिबद्वता, गरेको घोषणा राजपालाई राम्रो लागेर समर्थन गरेपनि अहिले सरकारले ती प्रतिबद्ता र घोषणा बिर्सेको बताए । ‘यो राजपाले मात्रै भनिरहेको छैन्, सम्पूर्ण जनताले भनिरहेका छन्,’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्