×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गत बर्ष व्यवसायमा छलाङ मारेको रिलायबल लाइफमा ‘विकृति’ भित्रियो, फोर्स मर्जरको हल्लाभित्रको यथार्थ के हो ?

अर्थ सरोकार

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार

PRIME CA

गत बर्ष व्यवसायमा छलाङ मारेको रिलायबल लाइफमा ‘विकृति’ भित्रियो, फोर्स मर्जरको हल्लाभित्रको यथार्थ के हो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- स्थापनाको छोटो समयमा नै निकै राम्रो व्यापार गर्न सफल रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारीहरुको भर्ती केन्द्र बनेको भन्दै कम्पनीभित्रबाट विद्रोह हुन थालेको छ । सुरुमा निकै राम्रो काम गरेको र काम राम्रो भएपछी आफ्ना मान्छेहरुलाई भकाभक कम्पनीका सीइओ नारायण बाबु लोहनीले भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारीले कम्पनीभित्रैबाट विद्रोह सुरु गरेका हुन् । 
ग्लोबल आइएमइ बैंकका कर्मचारी भकाभक इन्स्योरेन्सतर्फ !
कम्पनी चल्छ भन्ने विश्वास भएपछि आफ्ना मान्छेहरु कम्पनीमा भर्ती गर्न थालेपछि आफुहरु रुष्ट बनेको कर्मचारीहरु बताउँछन् । कम्पनीमा मनपरी बढेको भन्दै यो विषयलाई उठाईदिन भन्दै अर्थ सरोकार डटकमको कार्यालय आइपुगेका एक कर्मचारीले रिलायबल डेभलपमेण्ट बैंक लिमा भर्ना भएका तर मर्जरको क्रममा ग्लोबल आइएमइ बैंक पुगेर त्यहाँ काम गर्न अफ्ट्यारो मानेका कर्मचारीहरुलाई सीइओले आफ्नो कम्पनीमा सेट गरेको दावी गरेका छन् । ‘भकाभक ग्लोबल आइएमइ बैंकबाट राजीनामा दिंदैसमेत कम्पनीमा कर्मचारी आएका छन् । सुरुमा खासै अनुभव नभएका मान्छे रिलायबलमा भर्ती गरिएको थियो । मर्जरका क्रममा ग्लोबल आइएमइ पुगेका ती कर्मचारीहरुलाई राम्रो बनाउन बैंकले ठुलो लगानीसमेत गरेको छ । तर कुनै सल्लाह विना पुन: उनीहरुलाई इन्स्योरेन्स कम्पनीमा ल्याईएको छ ।     
सम्झौताको उल्लङ्घन भएकै हो ?
रिलायबल डेभलपमेण्ट बैंक लिमिटेडमा ग्लोबल आइएमइ बैकमा मिसिसकेपछि ३ बर्षसम्म कुनै कर्मचारीलाई रिलायबल समुहद्धारा प्रर्बद्धित कुनै पनि कम्पनीमा लग्न पाइने छैन भनी भएको प्राप्ती सम्झौताकोसमेत उल्लघंन भएको कर्मचारीको दावी छ । ग्लोबल आइएमइ बैक, रिलायबल लाइफ इन्सुरेन्सको ठुलो संस्थापक शेयरधनी हो । उक्त इन्स्योरेन्समा ग्लोबल आइएमइ बैंकको करिब १५% शेयर छ । त्यसमा आएमइ समूहको पनि गणना गर्ने हो भने करिब २५% शेयर पुग्छ । यसले बैंक र इन्स्योरेन्सबीचको सम्बन्धमा पनि चिसोपना ल्याएको रिलायबल र ग्लोबल आइएमइ बैंक दुवै संस्थाका कर्मचारीहरुको दावी छ । 
फोर्स मर्जरको हल्ला के हो ?
यसो त रिलायबल लाइफ इन्स्योरेन्स र आइएमइ लाइफ इन्स्योरेन्सबीच फोर्स मर्जरको हल्लासमेत चलेको छ । ग्लोबल आइएमइ बैक, रिलायबल लाइफ इन्सुरेन्सको ठुलो संस्थापक शेयरधनी हो । अवको केहि दिनमा नै रिलायबल लाइफ इन्स्योरेन्समा ग्लोबल आइएमइ बैंकको प्रतिनिधि संचालक नियुक्त गर्ने र आइपिओ लगत्तै बैकद्धारा प्रर्बद्धित आइएमइ लाइफ इन्सुरेन्ससंग फोर्स मर्जरमा लग्ने रणनीति तयार गरिएको चर्चा बाहिर आएको छ । तर यस विषयमा बुझ्न अर्थ सरोकारले रिलायबल लाइफ इन्स्योरेन्सका सीइओ लोहनीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: