×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसुङको ‘बडा दशैंको बडा बचत’ योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सामसुङको ‘बडा दशैंको बडा बचत’ योजना

Artha Sarokar

१५ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सामसुङ नेपालले दशैतिहार तथा छठका अवसरमा आकर्षक उपहार योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत ग्राहकले सामसुङका कञ्जुमर इलेक्ट्रोनिक्स उत्पादनको खरिदमा आकर्षक छुूट प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बडादशैंको बडा वचत’ नामक योजना अवधिभर सामसुङका एलईडी, स्मार्ट एलईडी, यूएचडी एवम् क्यूएलईडी टेलिभिजनको खरीदमा ३५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म एवम् वासिङ मेशिनको खरीदमा १४ प्रतिशतसम्म छूट पाइनेछ । 
योजना अवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ मेशिन खरीद गर्ने ग्राहकले एक थान एयर प्युरिफायर उपहार पाउने बताइएको छ । साथै योजना अवधिभर सामान खरीद गर्ने ग्राहकलाई लक्की ड्रमा समेत सहभागी गराइने बताइएको छ ।
योजना असोज १५ गतेदेखि मङ्सिर १४ गतेसम्म लागू हुनेछ । लक्की ड्रको घोषणा योजना समाप्त भएपछि सामसुङको आधिकारिक फेसबूक लाइभमार्फत गरिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी