×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकारको सकारात्मक कदम : उद्यममार्फत् पर्यटन क्षेत्रको विकास गर्ने सरकारको योजना (भिडियो रिपोर्ट)

काठमाडौँ- सरकारले पर्यटन क्षेत्रमा योगदान दिन सक्ने उद्यमीहरुसँग सहकार्य गर्ने भएको छ । नेपाल टुरिजम बोर्डले पर्यटन क्षेत्रमा योगदान दिने सम्भावना बोकेका उद्यमीहरुसँग सहकार्य गरेर अघि बढन ‘उद्यमी सिड क्याम्प’ नामक कार्यक्रम आयोजना गर्न लागेको हो । आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले उद्यमी सिड क्याम्पले पर्यटन भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण योगदान दिने विश्वास समेत गरेका छन्  ।
यस कार्यक्रम अन्तरगत विभिन्न सम्भावित उद्यमीहरुलाई आफ्नो योजनालाई व्यवसायमा परिवर्तन गर्ने अवसर प्रदान गरिनेछ । उद्यमीहरुका योजनाहरुले पर्यटन विकासमा टेवा पुग्ने भएकाले बोर्डको सम्भावित उद्यमीहरुलाई कार्तिक १३ गतेदेखि २० गतेसम्म पोखरामा उद्यमी बुट क्याम्प संचालन गर्ने निर्णय पनि गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: