×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्मला हत्या प्रकरणः बर्खास्तीमा परेका एसपी विष्टले गरे सनसनीपूर्ण खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्मला हत्या प्रकरणः बर्खास्तीमा परेका एसपी विष्टले गरे सनसनीपूर्ण खुलासा

११ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्तीमा परेका तत्कालिन एसपी डिल्लीराज विष्टले सत्यतथ्य बाहिर आएरै छाड्ने दाबी गरेका छन् ।
उनले आफू निर्दोष भएकाले अनावश्यक दुःख दिइएको भन्दै सत्यको जित हुने बताएका छन् ।
’मैले के काम गरेँ, त्यसको रिपोर्ट कहाँ कहाँ गरेँ भनेर अहिले भन्दिनँ, त्यो पछि सबैलाई थाहा हुने कुरा हो । त्यो समयले देखाउँछ । म गलत छैन भन्ने कुरा पछि थाहा होला,’ उनले भने ।
उनले आफूले मात्र निर्मला हत्याको विषय लुकाउन नसक्ने भन्दै वास्तविकता बाहिर आएरै छाड्ने दाबी गरे । निर्मलाका हत्यारा आफूले नलुकाएको विष्टले खुलासा गरेका छन् ।
‘मैले आफूले सकेको गरेको हुँ । फिल्डमा डिएसपीदेखि अन्य अधिकारी पनि परिचालित थिए । जिल्ला प्रहरी कार्यालयमा त्यति धेरै जनशक्ति छन्, जुन आरोप लगाइएको छ, त्यो मबाट हुने सम्भवको कुरै हैन,’ उनले भने ।
‘सरकारले न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने म माथि लागेको आरोप पनि सरकारले पुष्टी गर्न सक्नुपर्छ । आरोप लगाउँदैमा सबै आरोप पुष्टी हुन सक्दैन । काम गर्दा कहीँ प्राविधिक त्रुटी भयो होला, तर त्यसलाई नियतवश भनेर शंका गर्दै बर्खास्तीसम्म गर्नु न्यायिक काम हुन सक्दैन । त्यसकारण मैले पुनरावेदन गरेपछि सरकारले न्याय दिन्छ भन्नेमा म विश्वस्त छु,’ विष्टले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी