
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – युनियन हाइड्रोपावर कम्पनीको आइपिओ आउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो ।
आयोजना प्रभावितका लागि खुला गर्दा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडेर अब ३५ लाख ३४ हजार ३४० कित्ता सेयर आइपीओ बिक्री गर्न लागिएको हो । युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई साउन १४ गतेदेखि भदौ १२ गतेसम्म ७ लाख ५० हजार कित्ता आइपीओ खुला गरेको हो ।
जसमा १ लाख २८ हजार २१० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर अब सर्वसाधारणले पाउनेछन् । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्